भक्तपुरमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने

देउसी-भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न र सार्वजनिक आवागमन हुने सडकमार्गमा अवरोध हुनेगरी नखेल्न प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आग्रह गरेका छन् ।

कार्तिक १, २०८२

सुन्दर शिल्पकार

Deusi-Bhailo not allowed to be played after 9 pm in Bhaktapur

भक्तपुर — भक्तपुरमा राति ९ बजेपछि देउसी-भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले देउसी-भैलो लगायतका कार्यक्रम सञ्चालन गर्दा मर्यादित, अनुशासित एवम् व्यवस्थित ढंगले बेलुका ९ बजेसम्म गर्न विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

देउसी-भैलो खेल्दा कोही कसैको गुनासो नआउने गरी मात्र खेल्न र सार्वजनिक आवागमन हुने सडकमार्गमा अवरोध हुनेगरी नखेल्न प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आग्रह गरेका छन् । सार्वजनिक स्थान, पदमार्ग, सडकमार्गजस्ता स्थानमा आमसर्वसाधारणको आवागमनलाई बाधा पर्नेगरी कुनै पनि प्रकारको पूजा मण्डप वा दीपावली उत्सव स्थल बनाउनसमेत नपाइने भएको छ ।

यस्तै आपसी सद्भाव कायम गर्न, जुवातास नखेल्न , अनलाइन ठगीबाट बच्न, कालोबजारी नगर्न, सावर्जनिक सवारी साधनमा बढी भाडा नलिन लगायत ९ बुँदे विज्ञप्ति सार्वजनिक गरिएको हो । 

विज्ञप्तिमा उल्लेखित कुराहरुको बर्खिलाप हुने गरी कोही कसैले कुनै गतिविधि गराएको पाइएमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोल १०० मा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

सुन्दर शिल्पकार

Link copied successfully