भक्तपुरबाट ७ राउन्ड गोलीसहित एकजना पक्राउ 

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन् ।

आश्विन ३०, २०८२

सुन्दर शिल्पकार

One arrested with 7 rounds of bullets from Bhaktapur

भक्तपुर — भक्तपुरबाट ७ राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका-५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन् ।

उनी हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित सकुम्बासी बस्तीमा बस्दै आएका थिए । उनको साथबाट बरामद भएका गोलीमा ५६ केएफ १३ उल्लेख छ । 

जेन-जी आन्दोलनका क्रममा लुटिएका हुन् कि होइनन् भन्ने यकिन भइसकेको छैन । जिल्ला अदालत भक्तपुरबाट ४ दिन म्याद लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको पनि डीएसपी जबेगुले जानकारी दिए । 

सुन्दर शिल्पकार

Link copied successfully