कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ ।
काठमाडौँ — विपन्न, असहाय र वेवारिसेले निःशुल्क प्राप्त गर्ने लक्षित वर्गको उपचारलाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ ।
यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख दिपक के.सी. र अस्पतालका निर्देशक प्रा.डा. दिलिप शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ् विषय अध्ययन गरेका ३ जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक महानगरपालिकाले उपलब्ध गराउनेछ ।
त्यस कक्षबाट महानगरपालिकाको ‘फ्री हेल्थ डट काठमाडौं डट जीओभी डट एनपी’ अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीहरुलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्याउने काम हुनेछ ।
