जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चोकको नाम परिवर्तन गरिएको बोर्ड राख्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौँ — काठमाडौंको तीन कुने चोकबाट ३ जनालाई पक्राउ गरिएको छ । चोकको नाम परिवर्तन गर्ने उद्देश्यले नयाँ बोर्ड राखेपछि प्रहरीले आइतबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार चोकको नाम परिवर्तन गरिएको बोर्ड राख्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
'चोकको नाम परिवर्तनका लागि पनि निश्चित प्रक्रिया हुन्छ । जेन-जी चोक लेखिएको बोर्ड राख्न लागिएपछि अहिलेलाई हामीले उनीहरुलाई नियन्त्रणमा लिगेका छौं,' प्रहरी उपरीक्षक भट्टराईले भने ।
थप अनुसन्धान र उनीहरुको परिचय खुल्न बाँकी छ ।