टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने युवक आज हिरासतमै रहने

हतियार देखाउँदै गरेको भिडियो भाइरल हुन थालेपछि दावा स्वयम् प्रहरीको सम्पर्कमा पुगेका थिए । सुरुमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका दावाले भिडियोमा देखिएको व्यक्ति आफू भएको बताएका छन् ।   

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

The young man wearing a TOB t-shirt and carrying a pistol will remain in custody today

काठमाडौँ — ‘टीओबी’को टिसर्ट लगाएर बिजुली बजार पुलमा पेस्तोलसहित देखिएका युवक तेन्जेन दावा आज प्रहरीको हिरासतमै रहने भएका छन् । 

दावाले त्यो पेस्तोलचाहिँ सक्कली नभएको र भिडियो प्रयोजनका लागि बनाएको बताएका छन् । उनका अनुसार भाइरल भएको भिडियो जेन-जी प्रदर्शनको हैन ।     

जेन-जी आन्दोलनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्नेहरु को हुन् भन्नेबारे चर्चा भइरहेका बेला प्रहरीले समेत यस विषयमा अनुसन्धान थालेको छ । बिजुली बजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएपछि त्यसबारे प्रहरीले चासो देखाएको थियो । 

जिल्ला प्रहरी परिसर, भद्रकालीमा अहिले ती व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको छ । आज रात परेको र सोधपुछ, अनुसन्धान बाँकी नै रहेकाले उनी भोलि मात्र  छुट्ने बताइएको छ ।

यो पनि 

‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल देखाउने युवक आफैं पुगे प्रहरीमा 

कान्तिपुर

Link copied successfully