आइतबार दिउँसो खानेपानी संस्थाका कर्मचारीलाई कारबाही गर्छौं भन्दै उनीहरु पुगेका थिए ।
काठमाडौँ — काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालयमा गएर हुलहुज्जत गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको एसपी पवन भट्टराईले बताए ।
उनका अनुसार, आइतबार दिउँसो खानेपानी संस्थाका कर्मचारीलाई कारबाही गर्छौं भन्दै उनीहरु पुगेका थिए । 'अरु सेवाग्राही पनि भएका बेला उनीहरु पुगेर हुलहुज्जत गरेपछि नियन्त्रणमा लिइएको हो', भट्टराईले भने ।
प्रहरीका अनुसार, उनीहरुले संस्थानका प्रमुखलाई राजीनामा दिन भन्दै धम्कीसमेत दिएका थिए । पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखिएको छ ।
