गाँजा खाएर माइतीघर मण्डल पुगेका थिए डा भुसाल 

जेन–जीको माग सम्बोधन नभएको भन्दै उनी बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्न गएका थिए ।

आश्विन २३, २०८२

विवेक पोख्रेल

काठमाडौँ — माइतीघर मण्डलबाट पक्राउ परेका अभियन्ता डा निकोलस भुसालको स्वास्थ्य परीक्षण गर्दा गाँजा सेवन गरेको पाइएको छ । 

जेन–जीको माग सम्बोधन नभएको भन्दै उनी बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्न गएका थिए । 'हामीले पक्राउ गरेका ४४ जनाकै आपराधिक पृष्ठका हुन् कि हैनन् ?,' उनीहरुको स्वास्थ्य अवस्था के छ ? भनेर अनुसन्धान हुँदै छ,' जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भने, 'यस क्रममा डा निकोलस भुसालले गाँजा सेवन गरेको रिपोर्ट आएको छ ।'

उनका अनुसार भुसाल गत वर्ष पक्राउ पर्दा पनि गाँजा सेवन गरेको भेटेपछि परिवारलाई जिम्मा लगाइएको थियो । प्रहरीले यसपटक पनि उनलाई दुर्व्यसनसम्बन्धी स्वास्थ्य उपचारको लागि परिवारको जिम्मा लगाउने तयारी गर्दैछ । 

काठमाडौं प्रहरीले कानुनविपरीतका कार्य र अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा बिहीबार ४४ जनालाई पक्राउ गरेको छ ।

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully