विपद्का बेला राइड सेयरिङ गर्नेले बढी शूल्क लिए प्रशासनले कारबाही गर्ने

सामान्य अवस्थाभन्दा चर्को मूल्य लिएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोही, कसैलाई ठगी नगर्न अनुरोध गरेको छ ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

The administration will take action against those who charge more for ride sharing during the disaster

काठमाडौँ — विपद्का बेला इन्ड्राइभ, पठाओ, यांगोलगायत राइड सेयरिङ एप्लिकेसनका प्रयोग गरेर सेवा दिनेहरूले बढी शुल्क लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा गुनासो पुगेको छ ।

सामान्य अवस्थाभन्दा चर्को मूल्य लिएको भन्दै गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसरी कोही, कसैलाई ठगी नगर्न अनुरोध गरेको छ ।

शनिबार अपराह्न विज्ञप्ति जारी गर्दै प्रशासनले 'यदि कसैले यस्तो किमिसको ठगी गरेको भए आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी/प्रवक्ता मुक्तिराम रिजालको सम्पर्क नम्बर ९८५१३३८३२२ मा सम्पर्क गर्न' भनिएको छ । यसरी ठगी गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत प्रशासनका प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

The administration will take action against those who charge more for ride sharing during the disaster

कान्तिपुर संवाददाता

Link copied successfully