बाढीको सम्भावना बढेपछि काठमाडौं महानगरले जारी गर्‍यो हेल्पलाइन

शनिबार महानगरले सामाजिक सञ्जालमा पोस्ट राख्दै समस्यामा परेकालाई तत्काल सम्पर्क गर्न हेल्पलाइन सार्वजनिक गरेको हो।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Kathmandu metropolis has released a helpline after the possibility of flooding

काठमाडौँ — काठमाडौं महानगरपालिकाले जोखिमयुक्त क्षेत्रमा रहेका र समस्यामा परेकाहरूका लागि हेल्पलाइन नम्बर जारी गरेको छ। शनिबार महानगरले सामाजिक सञ्जालमा पोस्ट राख्दै समस्यामा परेकालाई तत्काल सम्पर्क गर्न हेल्पलाइन सार्वजनिक गरेको हो।

सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनका लागि महानगरीय प्रतिनिधि खटिएको महानगरले जनाएको छ। महानगरका अनुसार बस्ती डुबानमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नजिकैका सुरक्षित विद्यालयमा स्थानान्तरणको तयारी गरिएको छ। महानगरले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

समस्या परेमा सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरू:

१६६००१०५५११०१५९०१७६४०१५९०१७६३ (महानगरीय प्रहरी)

कान्तिपुर संवाददाता

Link copied successfully