बुद्धनगरमा प्रहरीलाई अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

प्रहरीले सिन्धुलीको ग्याङलेख गाउँपालिका-५ ३६ वर्षीया नेवाङ्ग तामाङलाई पक्राउ गरेको हो।

आश्विन १५, २०८२

कान्तिपुर संवाददाता

A person who misbehaved with the police was arrested in Buddhanagar

काठमाडौँ — प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको बुद्धनगरबाट एक जनालाई पक्राउ गरेको छ। 

चाडपर्वका बेला सडक सुरक्षामा कर्तव्य पालनाको खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गर्ने सिन्धुलीको ग्याङलेख गाउँपालिका-५ घर घई काठमाडौँको बबरमहल बस्ने ३६ वर्षीया नेवाङ्ग तामाङ पक्राउ परेका हुन्। 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully