काठमाडौं प्रहरीले भन्यो : बिलबिनाका सामान नकिन्नू 

सूचना र आह्वानलाई अवज्ञा गरेमा अपराध कानुनअनुसार संलग्नलाई कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Kathmandu police said: Do not buy goods without a bill

काठमाडौँ — काठमाडौं प्रहरीले बिलबिनाका सामान नकिन्न सार्वजनिक अपिल गरेको छ । जेन-जी आन्दोलनका क्रममा लुटपाट र चोरी भएको भन्दै यसप्रति प्रहरीले सर्वसाधारणलाई सचेत गराएको हो ।

प्रदर्शनपछि बैंक तथा वित्तीय संस्था र व्यक्तिका घर र व्यापारिक प्रतिष्ठानहरुबाट लुटपाट भएकाले यस्ता सामान बिक्रीका लागि ल्याउन सक्ने आशंका गर्दै प्रहरीले बिल भर्पाही हेरेर मात्रै सुनचाँदी र गरगहना खरिद गर्न भनेको छ ।

सूचना र आह्वानलाई अवज्ञा गरेमा अपराध कानुनअनुसार संलग्नलाई कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ ।

कान्तिपुर

Link copied successfully