आन्दोलनमा हराएका आफन्तबारे जानकारी दिन प्रहरीको आग्रह 

तोडफोड र आगजनीबाट क्षति पुगेका संरचनामा फेला परेका मानव अवशेषको पहिचान र सम्बन्धित परिवारलाई सहजीकरण गर्न सहयोग पुग्ने प्रहरीको दाबी छ ।

भाद्र ३०, २०८२

कान्तिपुर संवाददाता

Request of the police to provide information about relatives lost in the protest

काठमाडौँ — काठमाडौंका विभिन्न स्थानमा फेला परेका जलेका मानव अवशेष पहिचानको लागि प्रहरीले  जेन–जीको अगुवाईमा भएको अन्दोलन र प्रदर्शनका क्रममा हराएका वा सम्पर्कविहीन भएका आफन्त भए सम्पर्क गरिदिन अनुरोध गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं सूचना अधिकारी अपीलराज बोहराका अनुसार भदौ २३ र २४ गते भएको आन्दोलन र प्रदर्शनको क्रममा हराएका वा सम्पर्कविहीन भएका आफन्तको विवरण तुरुन्त प्रहरीलाई जानकारी दिन आग्रह गरिएको हो । 

विज्ञप्तिअनुसार तोडफोड र आगजनीबाट क्षति पुगेका संरचनामा फेला परेका मानव अवशेषको पहिचान र सम्बन्धित परिवारलाई सहजीकरण गर्न सहयोग पुग्नेछ । 

परिसरले सम्पर्कका लागि प्रहरी कन्ट्रोल नम्बर १००, परिसरको फोन 9851283012 सम्पर्क गर्न वा [email protected] मा इमेल पठाउन आग्रह गरेको छ।

कान्तिपुर

Link copied successfully