कारागारबाट छुटेपछि खानलाई पैसा नभएपछि पटक पटक चोरी गरेको दाबी

पवित्रनगरबाट घरको प्यासेजमा रहेको १५ हजार रुपैयाँ पर्ने गियर भएको बच्चाले चलाउने साइकल चोरी गरेर युवकले कबाड किनबेच गर्ने व्यक्तिलाई दुई हजारमा बेचेपछि यो रहस्य खुलेको हो ।

भाद्र १८, २०८२

विवेक पोख्रेल

After being released from prison, Khan claimed to have stolen repeatedly when he had no money

What you should know

काठमाडौँ — चोरी तथा आपराधिक उपद्रव मुद्दामा कारागारबाट छुटेका आशिष क्षेत्रीले आफूसँग खानलाई पैसा नभएपछि चोरी गर्ने र त्यसलाई बेचेर खर्च टार्ने गरेको सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् ।

साउन २१ गते साइकल चोरेको आरोपमा पक्राउ परेका धरान उपमहानगरपालिका– ८ का ३२ वर्षीय क्षेत्रीले आफूले कबाड सामान टिपी बेचेर गुजारा गर्दै आएको बताएका छन् । उनले काठमाडौं–२६ पवित्रनगरबाट घरको प्यासेजमा रहेको १५ हजार रुपैयाँ पर्ने गियर भएको बच्चाले चलाउने साइकल चोरी गरेर कबाड किनबेच गर्ने व्यक्तिलाई दुई हजारमा बेचेपछि यो रहस्य खुलेको हो । 

चार महिना अघि चोरी तथा आपराधिक उपद्रव मुद्दामा कारगारबाट छुटेका उनले आफ्नो खर्च टार्न चोरी गरेको उनले सरकारी वकिलको बयानमा बताएका छन् । अनुसन्धानको क्रममा उनले त्यसको दुई दिनअघि २३ गते नयाँबसपार्कको गोरखकाली मोटर वर्कसपबाट झोला चोरी गरी त्यही झोलाको टिर्सट लगाएर साइकल चोरी गरेको समेत देखिएको छ ।

सरकारी वकिल कार्यलय काठमाडौंले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा चोरी सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको छ । कानुन अनुसार उनलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको सजाय माग गरिएको छ । साथै, चोरी भएको सम्पत्ति पीडितलाई क्षतिपूर्ति दिलाउन अभियोग पत्रमा भनिएको छ । क्षेत्री यस अघि जिल्ला प्रशासन कार्यलयमा २०७८ सालमा अभद्र व्यवहारमा ६ हजार ३ सय रुपैयाँ, २०७५ मा पुन ४ सय २५ रुपैयाँ र सोही साल प्रहरी वृत्त बालाजुमा नै ३ सय ७५ रुपैयाँ जरिवाना तिरेर छुटेका थिए ।  

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully