रकम बरामद गरिएपनि कुनै व्यक्ति भने पक्राउ परेका छैनन् ।
काठमाडौँ — गोंगबुको एक घरबाट प्रहरीले ठूलो मात्रामा अवैध रकम बरामद गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङका अनुसार सूचनाका आधारमा उक्त घरमा छापा मार्दा ठूलो परिमाणमा रकम फेला परेको हो ।
रकम बरामद गरिएपनि कुनै व्यक्ति भने पक्राउ परेका छैनन् । तामाङले बरामद रकम गन्ने काम भइरहेको बताए । उनले भने, 'हामीलाई प्राप्त गोप्य सूचनाका आधारमा घर छापा मारेका थियौं । नगद बरामद गरेका छौं । कति रहेछ भनेर गनिरहेका छौं ।'
उनले रकम कसको हो, कसले राखेको हो भन्नेबारे भने प्रहरीले अनुन्धान गरिरहेको बताए ।
