जडीबुटीमा सडक किनारमा रहेको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

दुर्घटनामा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेलको मृत्यु भएको छ ।

भाद्र १३, २०८२

कान्तिपुर संवाददाता

Two youths died when a scooter collided with a bus on the roadside in Jadi

काठमाडौँ — काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित आकासे पुलनजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा त्यसमा सवार दुई युवकको मृत्यु भएको छ । 

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)सुनवल नगरपालिका–१ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । 

सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ । 

कान्तिपुर

Link copied successfully