इजरायल र जापान पठाइदिन्छु भन्दै ठग्ने दुई जना पक्राउ

१२ लाख र ६ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका ताम्राकार र घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Two people were arrested for cheating by saying that they would send them to Israel and Japan

काठमाडौँ — वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जा पुतलीबजार नगरपालिका १ बस्ने २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका १५ बस्ने ५० वर्षीय योगेन्द्र घले  पक्राउ परेका हुन । 

ताम्राकारले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ र घलेले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको पीडितको उजुरीको आधारमा उनीहरु सोमबार पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंबाट पक्राउ गरेको थियो । उनीहरूविरुद्ध आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कान्तिपुर

Link copied successfully