रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गर्दै आएको छ ।
भक्तपुर — गाईजात्राको अवसरमा रोटरी न्यातपोल र रोटर्याक्ट क्लब अफ बालाजुले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा निःशुल्क खानेपानी वितरण गरेका छन् ।
रोटरी न्यातपोलले प्रत्येक वर्षको गाईजात्राका अवसरमा भक्तपुरमा आयोजना हुने मेलामा भक्तजन तथा दर्शकहरुलाई पानी वितरण गर्दै आएको छ । रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, 'यस वर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ, आवश्यक परेमा थप पानी ल्याउनेछौं ।'
क्लबले आफ्नो नाम पनि न्यातपोल मन्दिरको नामबाट नामकरण गरेको हो ।
