रक्तक्यान्सर पीडित थापालाई एक्स्पर्ट एजुकेसनको ७५ हजार सहयोग

वार्षिकोत्सवका अवसरमा २५ जनाभन्दा बढीले रक्तदान गरेका थिए ।

श्रावण २५, २०८२

कान्तिपुर संवाददाता

75,000 support from Expert Education to Thapa, who is suffering from blood cancer

काठमाडौँ — एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेसले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा रक्तक्यान्सर पीडित सरोज थापालाई ७५ हजार आर्थिक सहयोग हस्तान्तरण गरेको छ । रकम हस्तान्तरण अवसरमा २५ जनाभन्दा बढी स्वेच्छिक रक्तदाताले रक्तदान गरेका थिए ।

सन् २००३ मा स्थापना भएको यो संस्थाको विश्वभर ८८ शाखा छन् । समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै आगामी दिनमा पनि सकारात्मक र प्रेरणादायी कार्यलाई निरन्तरता दिने संस्थाले प्रतिबद्धता जनाएको छ ।

कान्तिपुर

Link copied successfully