नेपालटारमा करेन्ट लागेर मजदुरको मृत्यु

नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो ।

श्रावण २३, २०८२

रासस

Worker dies due to electrocution in Nepaltar

काठमाडौँ — काठमाडौँको तारकेश्वर नगरपालिका–११ नेपालटारमा शुक्रबार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय हिलेटोल हाइटस्थित फाइबर वर्ल्ड कम्युनिकेसन प्रालिमा काम गर्ने सोही नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए । 

नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

यसैबीच काठमाडौँ महानगरपालिका–२० कोहिटी डेरा गरी बस्ने दाङ गढवा गाउँपालिका–६ घर भएकी ३० वर्षीया सुनिता योगीको कोठाबाट ल्यापटप एक थान, मोबाइल एक थान र नगदसमेत गरी करिब रु एक लाख बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

रासस

Link copied successfully