सार्वजनिक नीतिको परीक्षण गरी नेपाल सरकारलाई सुझाव दिने बृहत् उद्देश्यसहित क्याम्पसले गभर्नेन्स ल्याबको अवधारण अघि सारेको र अभ्यास गर्न थालेको क्याम्पस प्रमुख शर्माले बताए।
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनप्रशासन क्याम्पसले गभर्नेन्स ल्याब (शासकीय प्रयोगशाला) को अभ्यास सुरु गरेको छ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई निजामति सेवा प्रवेशमा सहजीकरण र प्रेरित गर्ने उद्देश्यले यस्तो अभ्यास थालिएको हो। आफ्नो ४९औँ स्थापना दिवसका सन्दर्भमा क्याम्पसले बुधबार गभर्नेन्स ल्याबको प्रारम्भ गरेको र पहिलो सेसनमा ‘पब्लिक सर्भिस मोटिभेसन–पिएसएम इन नेपाली सिभिल सर्भिस’ विषयक छलफल गरेको छ।
कार्यक्रममा सहप्राध्यापक डा. नरेन्द्रराज पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए भने नेपाल सरकारका सचिव भरतमणि सुवेदी, पुर्व सचिव प्रतापकुमार पाठक, जनप्रशासन क्याम्पसका उप प्राध्यापक डा. मुकेश कुमार बास्तोला, सन्जय घिमिरे, डा. सुर्य अधिकारी लगायतले टिप्पणी गरेका थिए।
छलफलमा उठेका सवाल र निष्कर्षहरूसहितको संक्षिप्त नीतिपत्र क्याम्पसले प्रकाशनमा ल्याउने क्याम्पस प्रमुख सुवास शर्माले बताए। सार्वजनिक नीतिको परीक्षण गरी नेपाल सरकारलाई सुझाव दिने बृहत् उद्देश्यसहित क्याम्पसले गभर्नेन्स ल्याबको अवधारण अघि सारेको र अभ्यास गर्न थालेको क्याम्पस प्रमुख शर्माले बताए।
