कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

कोटेश्वरमा ट्याङ्करले ठक्कर दिएपछि २५ वर्षीय नवराज तुम्सिङ मगरको उपचारका क्रममा निधन

श्रावण १५, २०८२

कान्तिपुर संवाददाता

A person on a motorcycle died after a collision with a tanker in Koteshwar

काठमाडौँ — काठमाडौंको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बा प्र ०१– ००४ ख ३२८७ नम्बरको ट्याङ्करले बा प्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully