काठमाडौँ — आइजे ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक परेको छ ।
श्रेष्ठकी आमा जवाहर देवी श्रेष्ठको बुधबार साँझ ५:२३ बजे १०१ वर्षको उमेरमा ललितपुरस्थित बीएण्डबी अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरमा साउन १० शनिबार निजी निवास श्रीकुञ्ज सानेपामा श्रद्धाञ्जली कार्यक्रम रहेको परिवार स्रोतले जनाएको छ । श्रद्धाञ्जलीपछि बिहान ९:३० बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।
