What you should know
काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने झापा शिवसताक्षी नगरपालिका–८ घर भएका ४२ वर्षीय सन्तोष सुनुवार पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सन्तोषले कुवेत पठाइदिन्छु भन्दै पीडितबाट १ लाख ५३ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर महालक्ष्मी–७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
