लागूऔषधसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ

असार १९, २०८२

कान्तिपुर संवाददाता

Indian national arrested at international airport with drugs

काठमाडौँ — प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजाजस्तो देखिने वस्तु करिब ५ किलो ३० ग्रामसहित भारतीय नागरिक मोहम्मद इसा काक्किरिचल पुथियापुराइल पक्राउ परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई लायोन एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्नेक्रममा लगेजबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully