काठमाडौँ — बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बस्ने स्याङ्जाको बिरूवा गाउँपालिका– १ घर भएकी कमला कुमारी केसीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कमलाले बुल्गेरिया पठाइदिन्छु भन्दै पीडितबाट ६ लाख ७५ हजार रूपैया लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर बालकोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
