यूके पठाइदिन्छु भन्दै एक करोड ठगी गर्ने पक्राउ

असार १९, २०८२

प्रशान्त माली

Arrested for swindling 1 crore by saying that he will send it to UK

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई पक्राउ गरेको छ । प्रभाष पीडितहरूबाट १ करोड २० लाख ४४ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । 

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई ललितपुर–४ एकान्तकुनाबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रशान्त

Link copied successfully