अमेरिका पठाइदिन्छु भन्दै ७५ लाख ठगीको अभियोगमा पक्राउ

असार १७, २०८२

कान्तिपुर संवाददाता

Arrested on the charge of 75 lakh fraud saying that he will send it to America

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका–७ बस्ने तनहुँ व्यास नगरपालिका–१२ घर भएका ३० वर्षीय रन्जन पाण्डेलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार रन्जनले अमेरिका पठाइदिन्छु भन्दै पीडितबाट ७५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । उनलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–४ बाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको प्रहरीले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully