भिडियो कलमा अश्लील क्रियाकलाप गरी सामग्री बनाएर बिक्री गरेको आरोपमा युवक पक्राउ

असार १६, २०८२

कान्तिपुर संवाददाता

A young man was arrested on the charge of making and selling obscene material in a video call

काठमाडौँ — भिडियो कलमा अश्लील क्रियाकलाप गरी ती भिडियो सामग्रीको रुपमा बिक्री वितरण गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालमा रहेका तथा विदेशमा रहेका महिला र पुरुष दुवैसँग रकम लिइ भिडियो कलमार्फत महिलाका अश्लिल सामग्री तयार गरी बिक्री–वितरण गरेको अभियोगमा प्रहरीले २९ वर्षीय रमेश थापालाई काठमाडौँबाट पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ का थापा काठमाडौंको टोखा नगरपालिकामा बस्दै आएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार उनलाई गत शुक्रबार पक्राउ गरिएको थियो ।  बोहराका अनुसार थापाले सामाजिक सञ्जाल तथा भिडियो कलमार्फत महिलालाई अश्लील क्रियाकलापमा सहभागी गराउने र ती भिडियो तथा तस्बिरहरू भिडियो सामग्रीको रूपमा प्रयोग गरी वितरण तथा कारोबार गर्ने गरेको शंकाको आधारमा पक्राउ परेका थिए । थापाविरुद्ध  मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अनुसार ‘अश्लील किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने’ कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको छ । 

दफा अनुसार यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully