ललितपुर महानगरले ल्यायो ७ अर्ब ४७ करोडको बजेट

असार १०, २०८२

कान्तिपुर संवाददाता

Lalitpur metropolis brought a budget of 7 billion 47 crores

काठमाडौँ — ललितपुर महानगरले आर्थिक वर्ष २०८२/०८३ का लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट ल्याएको छ ।

चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख १८ हजार र पुँजीगततर्फ ४ अर्ब  ५० करोड  ७७ लाख २९ हजार  विनियोजन गरिएको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । 

ललितपुर महानगरले समृद्धि र सुशासन सम्पदा र संस्कृति संरक्षण , दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन , पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र , गुणस्तरीय शिक्षा, घर घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगारलगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

चालु आर्थिक वर्षको तुलनामा ललितपुरले १ करोड रुपैयाँ बढीको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि ललितपुरले ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट ल्याएको थियो । 

कान्तिपुर

Link copied successfully