काठमाडौँ — प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका–९ तचपाल बस्ने ३१ वर्षीय दिनेश लबजुलाई पक्राउ गरेको छ ।
लबजुलाई जिल्ला अदालत भक्तपुरको २०८० चैत २७ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय र १० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–९ स्थित मालपोत नजिकबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।
