बेलायत र लिथुआनिया पठाइदिन्छु भन्दै २५ लाख ठगी गर्ने पक्राउ

असार ४, २०८२

कान्तिपुर संवाददाता

Arrested for swindling 2.5 million by saying that he would send it to Britain and Lithuania

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ घर भएकी सुजनीकुमारी साह, काठमाडौं महानगरपालिका–३ बस्ने सुनसरी धरान उपमहानगरपालिका–३ का दिपककुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका–१ बस्ने रेशिका हमाल न्यौपाने रहेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सुजनीकुमारी र दिपक कुमारले युके पठाइदिन्छु भन्दै पीडितहरूबाट १९ लाख ३८ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । उनीहरुलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

उनीहरूलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको  प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully