जामाचोमा हराएका १३ वर्षीय बालकको उद्धार

असार १, २०८२

कान्तिपुर संवाददाता

Rescue of missing 13-year-old boy in Jamacho

काठमाडौँ — नेपाली सेनाले नागार्जुन डाँडा (जामाचो) मा हराइरहेका १३ वर्षीय बालकको उद्धार गरेको छ ।

परिवारसहित शनिबार जामाचो हाइकिङबाट फर्कने क्रममा हराएका गोंगबुका ती बालकलाई भैरवीदल गण, नागार्जुनबाट खटिएको टोलीले भिरबाट ६ सय मिटर तल घाइते अवस्थामा फेला पारेको हो । 

उद्धारपछि बालकलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाउन सहयोग गरेको छ ।

कान्तिपुर

Link copied successfully