कार्यपालिका सञ्चालन गर्न मेयर शाह र उपमेयर डंगोलबीच सहमति

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

Agreement between Mayor Shah and Deputy Mayor Dangol to run the Executive

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उमेयर सुनिता डंगोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ ।

बुधबार मेयर शाह, उपमेयर डंगोलसहित वडा १५, १७ र ३२ का अध्यक्षसहित बसेको बैठकले उक्त सहमति गरेको हो । 

महानगरका प्रवक्ता एवं वडा १७ का अध्यक्ष नवीन मानन्धरले छिटै कार्यपालिका बस्ने गरी सहमति भएको जानकारी दिए । 

‘मेयरसँग कार्यपालिका सञ्चालन र नगर सभा सञ्चालन गर्ने भनेर सहमति भएको छ,’ उनले भने, ‘हाम्रो पहिलेदेखि कै एजेन्डामाथि मेयरसँग बैठक गरेका हौं । अब छिट्टै कार्यपालिका बैठक बस्छ ।’

कान्तिपुर

Link copied successfully