राप्रपाको आन्दोलनले पढाइ प्रभावित भएको भन्दै विद्यालयले लेख्यो प्रजिअलाई पत्र

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

The school wrote a letter to Prazia saying that the RPP movement had affected the education

काठमाडौँ — राप्रपाको आन्दोलनले विद्यालयको पठपाठन प्रभावित भएको भन्दै सिफलस्थित श्री बाल व्यवसायी केन्द्र माध्यामिक विद्यालयले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेको छ ।

मंगलबार विद्यालयले प्रजिअलाई लेखेको पत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जेठ १५ गतेदेखि सुरु गरेको आन्दोलनका कारण पढाइ प्रभावित भएको उल्लेख छ ।

पत्रमा विद्यालय अगाडिको सिफल चौरमा नारा, जुलुस र चर्को आवाजमा साउन्ड आउने गरी विभिन्न गतिविधि भएकाले आन्दोलनको स्थान परिवर्तन गरी विधार्थीहरुले शान्तपूर्व अध्ययन गर्न पाउने बाल अधिकारलाई मनन गरिदिनुहुन अनुरोध गरिएको छ ।

The school wrote a letter to Prazia saying that the RPP movement had affected the education

विद्यालयले यो पत्रको बोधार्थ गृह मन्त्रालय र महानगरपालिकाको शिक्षा विभागमा पनि पठाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully