माफी नै माग्नु पर्ने भएकाले मैले मेयरलाई जवाफ लेखिनँ : महानगर प्रवक्ता मानन्धर 

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

I didn't write a reply to the mayor because I had to ask for an apology: Metropolitan Spokesman Manandhar

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रमुख बालेन्द्र शाहले सोधेको स्पष्टीकरणको जवाफ नलेखेको बताएका छन् ।

मानन्धरलाई प्रमुख शाहले गत जेठ ८ गते सात दिने स्पष्टीकरण सोधेका थिए । महानगर प्रमुख शाहको सचिवालयले जननिर्वाचित व्यक्तिबाट सार्वजनिक रूपमा मानहानी हुने अभिव्यक्ति आएको भन्दै माफीसहित स्पष्टीकरण दिन मानन्धरलाई पत्र काटेका थिए ।

‘स्पष्टीकरणसम्म सोध्नु ठीकै हो । तर माफी माग्नु नै पर्ने भएकाले मैले मानिनँ,’ उनले भने, ‘आज अन्तिम दिन थियो । तर मैले जवाफ लेखिनँ ।’ यसपछि प्रमुखले निर्णय गर्ने तर आफू माफी माग्न तयार नभएको उनले बताए ।

मानन्धरले एक टेलिभिजनमा गत चैतमा दिएको अन्तर्वार्ताको आधारमा प्रमुखले स्पष्टीकरण सोधेको र मुलुकी फौजदारी संहिता, २०७४ अनुसार पनि फौजदारी मुद्दा लाग्न सक्ने स्पष्टीकरणमा भएको उनले बताए ।

कान्तिपुर

Link copied successfully