एनसीसीका क्याडेटसहित ३८ जनाले सगरमाथा आरोहण गरे

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

38 people including NCC cadets climbed Mt

काठमाडौँ — नेसनल क्याडेट कर्पस् (एनसीसी) को टोलीले सगरमाथा आरोहण गरेको छ । गत जेठ ४ मा शेर्पासहित ३८ जनाले सगरमाथा (८८४८.८६ मिटर) आरोहण गरेका हुन् ।

एनसीसीका अनुसार १० जना क्याडेडहरु थिए । जसमा ५ जना महिला र ५ जना पूरुष क्याडेट थिए । चार जन अधिकारी, दुई जुनियर कमिसन अधिकारी, महिला क्याडेट प्रशिक्षकले एभरेस्ट आरोहण गरे ।

भारतबाट शिखरमा पुग्ने आरोही टोलीमा रजनीश जोशी, बलकार सिंह, अंकुर रावत, जोगमैथ नामग्याल, दीपक कुमार, दावा त्सेतेन भुटिया, रिग्जिन दोर्जाइ, कृतिका शर्मा, प्रतिमा राई, रिफिनेस वारजरी, मोनिका, अबिदा आफ्रिन, मोहित कानथिया, पद्मा नामग्याल, मुकुल बंगवाल, विरेन्द्र सिंह समानत, सचिन कुमार थिए ।

एनसीसी ब्याइज एण्ड गर्ल्स माउन्ट एभेरेष्ट एक्सपिडिसन २०२५ थिए । उक्त टोलीमा धेरै भारतीय सेनाका कर्मचारी पनि समावेश थिए ।  यो अभियान सेभेन समिट ट्रेक्ससँगको सहकार्यमा गरिएको हो ।

कान्तिपुर

Link copied successfully