सगरमाथा आरोहण गरेका प्रहरी कर्मचारीको पदोन्नति

जेष्ठ ८, २०८२

रासस

Promotion of police personnel who have climbed Mount Everest

काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । 

दुवै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन्। सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कालीदास धौवाजीले सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई सशस्त्र प्रहरी नायव निरीक्षकमा विशेष बढुवा गरिएको जानकारी दिए।

यसैगरी, नेपाल प्रहरीका प्रवक्ता रमेश थापाले प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई पनि एक तह विशेष बढुवा गरिएको बताए। छत्याल र शेर्पाले हालै सगरमाथाको आरोहण गरेका थिए। 

रासस

Link copied successfully