स्कुटर चोरीको आरोपमा ९ जना पक्राउ

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

9 people arrested on the charge of scooter theft

काठमाडौँ — भक्तपुरमा स्कुटर चोरीको आरोपमा ९ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मध्यपुरथिमि नगरपालिका-८ बोडेबाट बा. ७७ प. ३३५९ नंम्बरको रातो रङको स्कुटर चोरी भएको र अनुसन्धानका क्रममा समान प्रकृतिको चोरीमा संलग्न ९ जना पक्राउ परेका हुन्। 

प्रहरीले सोमबार ओखलढुंगा घर भई हाल गोकर्णेश्‍वर नगरपालिका-५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान र सिन्धुपाल्चोक घर भई काठमाडौँको गोकर्णेश्‍वर नगरपालिका-८ बस्ने १९ वर्षीय आयुष गोले पक्राउ परेका छन्।

त्यस्तै, सुनसरी घर भई काठमाडौँको नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्कीको पोखरा महानगरपालिका-१ बस्ने १८ वर्षीय सुजन गुरुङ र रौतहट घर भई हाल काठमाडौँको नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ  पक्राउ परेका छन्।

त्यस्तै, प्रहरीले गएराति मकवानपुरको मनहरी-२ का १८ वर्षीय विक्रम तामाङ, मकवानपुरकै १८ वर्षीय अनमोल तामाङ र नुवाकोटको त्रिशुली देउरालीडाँडाका १८ वर्षीय कृष्ण तामाङलाई पनि पक्राउ गरेको जनाएको छ। उनीहरूको साथबाट  बा. ५७ प. ९९५७ नं. को स्कुटर र बा. ७७ प. ३३५९ नं. को रातो रङको स्कुटर बरामद गरिएको डीएसपी नेउपानेले जानकारी दिए। 

कान्तिपुर संवाददाता

Link copied successfully