काठमाडौँ — राजधानीको प्रवेशद्वार नागढुंगामा ट्राफिक प्रहरीका निरीक्षकले जनपद प्रहरीका सहायक हवल्दारलाई गालामा चड्कन हानेका छन् ।
उक्त कुटपिटको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । घटना बुधबार बिहान भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले जनाए ।
‘भिडिओमा देखिएका उनीहरुलाई कार्यालयमा बोलाएर सोधपुछ हुँदैछ,’ उनले भने,‘के भएको रहेछ हामी त्यसपछि बाँकी कुरा भन्छौं तर गल्ती केही भएको भए पनि प्रक्रियाले कारबाही गर्छ । सडकमै हात हाल्नु राम्रो हैन ।’
तर एक प्रहरी अधिकृतका अनुसार जनपदका सहायक हवल्दारले भारतीय गाडीबाट पैसा लिएको देखेपछि ट्राफिक इन्स्पेक्टरले चड्कन हनेको बताएका छन् ।
