काठमाडौँ — गैरआवासीय नेपाली संघको एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।
सर्वोच्च अदालतको परमादेशबाट पुर्नस्थापित भएको उच्चस्तरीय समितिले एकता महाधिवेशन आयोजना गरेको हो । यसले नया नेतृत्व चयन गर्नेछ ।
सम्मेलनको परराष्ट्रमन्त्री आरजु राणा देउवाले उदघाटन गरेकी छन् । सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, वद्री केशी नेतृत्वको कार्यसमितिको सहभागिता छैन ।
सम्मेलनमा सहभागी हुन प्रवासमा रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितिका प्रतिनिधि आएका छन् ।
उच्चस्तरीय समितिका अनुसार २६ सय प्रतिनिधि दर्ता भएको जनाएको छ ।
