रातो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरु

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Ratha Yatra of Red Matsyendra Nath starts today

ललितपुर — रातो मत्स्येन्द्रनाथको रथयात्रा आज साँझबाट सुरु हुँदैछ। पहिलो दिन रथलाई पुल्चोकबाट सांस्कृतिक बाजागाजासहित पाटन गा:बहाल पुर्‍याइनेछ। साथै टंगल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर गा:बहाल पुर्‍याइनेछ।

जात्रामा इन्द्रबाजा, गुरूजु पल्टनको टुकडी, धिमे, नायखीँलगायतका बाजा सहभागी हुनेछन्।
रथयात्राका लागि सोमबार मत्स्येन्द्रनाथको रथारोहण गरिएको थियो।

जात्राको अन्तिम दिन भोटो जात्रा सकेपछि मत्स्येन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीस्थित मन्दिरमा पुर्‍याइनेछ। मीननाथलाई टंगलस्थित चक्रबहिमा पुर्‍याएपछि पुल्चोकमा रथारोहण गरी सुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा समापन हुन्छ।

मत्स्येन्द्रनाथलाई वैष्णवले विष्णु, शैवले शिव, शाक्तले शक्ति, सौरले सूर्य, ब्राह्मणले लोकेश्वर र बौद्धले करुणामयका रूपमा पुज्छन्।

कान्तिपुर

Link copied successfully