ब्राउनसुगरसहित २ भारतीय नागरिक पक्राउ

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

2 Indian nationals arrested with brown sugar

काठमाडौँ — प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट ब्राउनसुगर ४५ ग्रामसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ नक्सालबारी घर भएका कृष्ण रोय र सायोन दास रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगा समेतबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३३६२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उक्त पदार्थ नुवाकोट लिखु गाउँपालिका–६ घर भएका राजु लामाले ल्याउन पठाएको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले लामालाई समेत बालाजु बसपार्कबाट पक्राउ गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully