जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

14 arrested while gambling

भक्तपुर — प्रहरीले मध्यपुरथिमि नगरपालिका–४ एसएस चोक बस्ने राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत ठिमीबाट खटिएको टोलीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँसहित पक्राउ गरेको हो । 

यसैगरी चाँगुनारायण नगरपालिका–७ हेल्मेटडाँडा बस्ने कृष्णराम छुस्याबागको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्णराम समेत ५ जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग खरिपाटीबाट खटिएको टोलीले उनीहरूलाई ३४ हजार ९ सय ५० रूपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully