दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

वैशाख १६, २०८२

कान्तिपुर संवाददाता

Fraudster arrested for sending to South Korea

काठमाडौँ — प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका–२ की ५१ वर्षीया मुना कार्कीलाई पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनी दक्षिण कोरिया पठाइदिन्छु भन्दै पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेकी थिइन् । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully