विमानस्थलबाट अवैध रूपमा विदेश लैजान लागेको नगदसहित भारतीय नागरिक पक्राउ

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

An Indian citizen was arrested from the airport with cash that was being taken abroad illegally

काठमाडौँ — प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुक लैजान लागेको ११ लाख नेपाली रुपैयाँ र ८२ हजार ५ सय भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४५ वर्षीय सौरभ ठुकराल रहेका छन् । प्रहरीका अनुसार उनी एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका थिए । 

उनको सुटकेस जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully