लागूऔषधसहित २ पक्राउ

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

2 arrested with drugs

काठमाडौँ — प्रहरीले काठमाडौं महानगरपालिका–६ सिमलटारबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने जीवन प्रधान र सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–६ रामहिटी बस्ने अकुंश तामाङ रहेका छन् ।

प्रहरी वृत महाराजगञ्ज, प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग कपनबाट खटिएको संयुक्त टोलीले जीवनको कोठा तलासी गर्नेक्रममा उक्त लागूऔषध फेला पारेको हो । 

प्रहरीका अनुसार उनीहरुको साथमा डाइजेपाम ३ सय १४ एम्पुल, फेनारगन ३ सय ८ एम्पुल, नुर्फिन ३ सय १० एम्पुल र ५९ हजार रूपैयाँ नगद बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully