तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

One more person involved in the incident was arrested

काठमाडौँ — काठमाडौँको तीनकुने घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई नियन्त्रणमा लिएको हो।

२०८१ चैत १५ गते काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ले राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गरेको थियो। तर प्रदर्शनका नाममा तोडफोड, लुटपाट र आगजनी गर्ने काम भएको भन्दै सरकारले उक्त कार्यमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

थापालाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully