काठमाडौँ — प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १३ ग्रामसहित मोरङ पथरी शनिश्चरे नगरपालिका–९ बस्ने ३१ वर्षीय कोपिल भट्टराईलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको टोलीले बा.प्र.०१–०१–००६ ख ४७९७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै प्रहरीले बालाजु बसपार्कबाट लागूऔषधको कारोबारमा संलग्न मोरङ पथरी शनिश्चरे नगरपालिका–९ घर भएका २९ वर्षीय सुरज राई र ललितपुरको गोदावरी नगरपालिका–५ लेले बसपार्कबाट नियन्त्रित लागूऔषधसहित बागमती गाउँपालिका–१ मानिखेल घर भई ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने २४ वर्षीय उमेश सञ्जेललाई पनि पक्राउ गरेको छ ।
प्रहरी चौकी लेलेबाट खटिएको टोलीले प्रदेश ०३–०२–००४ प ७३५६ नम्बरको मोटरसाइकलमा सवार सञ्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
