विमानस्थलबाट अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

Indian national arrested with US dollars at airport

काठमाडौँ — प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर ६० हजार १ सयसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीया सोनी गुरूङ रहेका छन् । 

इन्डिगो एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेकी उनलाई जाँच गर्ने क्रममा सुटकेसबाट अमेरिकी डलर फेला पारी पक्राउ गरिएको हो । 

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाएको प्रहीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully