हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आयमा वृद्धि

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिका अन्तर्गतको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आयमा वृद्धि भएको छ । 

महानगरले चालु आर्थिक वर्षको वैशाख ७ सम्म १५ करोड ७४ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । गत वर्षको सोही अवधिमा महानगरले १४ करोड ६ लाख ६३ हजार रुपैयाँ पर्यटन शुल्क संकलन गरेको थियो ।

महानगरको अनुसार पर्यटन, अन्य सेवा र अन्य प्रशासनिक सेवा शुल्क गरी कार्यक्रमबाट उक्त रकम राजश्व संकलन गरेको हो । १५ करोड ७८ लाख ५३ हजार ५ सय रुपैयाँ संकलन भएको छ । गएको वर्ष यस अवधिमा १४ करोड ९ लाख ६८ हजार रुपैयाँ संकलन भएको थियो । 

कान्तिपुर

Link copied successfully